जापान

सदस्यता सिफारिशप्रति जनसम्पर्क समिति जापानको असन्तुष्टि

नेपाली कांग्रेसको प्रवासी नेपालीहरुको संगठन जन सम्पर्क समिति जापानले को १४ महाधिवेशनको सन्दर्भमा सदस्यता सिफारिशमा असन्तुष्टि जनाएको छ ।

जनसम्पर्क समितिमा उत्पन्न विवाद समाधानका लागि धर्मराज अधिकारीको संयोजकत्वमा एकसय एक सदस्यीय समस्या समाधान समिति बनेको र समितिले आवश्वक सुझावसहित पार्टी सभापति शेरहादुर देउवालाई पत्र पठाए पनि जवाफ नआएको तर सदस्यता वितरण भएको जनाउँदै असन्तुष्टि जनाएको हो ।

संयोक अधिकारीले एक विज्ञप्ति जारी गरी पार्टीको निर्देशन र जनसंपर्क समिति जापानको विधान विपरित आम कार्यकर्तालाई कुनै जानकारी नै नदिई षडयन्त्रमूलक र अत्यन्तै लज्जाजनक तरीकाले क्रियाशील सदस्यताको शिफारिस गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा पैसाको मोलतोलमा महाधिवेशन प्रतिनिधिहरूको छनौट गरी पठाउने प्रपञ्च भैरहेको जनाउँदै जसस जापानका क्षेत्रीय अधिवेशन तथा राष्ट्रिय महाअधिवेशनको कुनै कार्यक्रम नै नगरी अपारदर्शी र अलोकतान्त्रिक हरकतले जापान स्थित नेपाली समाजमा नेपाली कांग्रेसको गरिमामा नै आँच ल्याउने काम भएको जनाइएको छ ।

साथै जसस जापान कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरूले समितिको विधान विपरित केही व्यक्तिहरुको इशारा र स्वार्थमा गरिएको हालको जसस जापानका गतिविधिहरू र निर्णय प्रति घोर आपत्ति, असहमति तथा भत्सर्ना गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.