राजनीति

काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन, युवाहरुको स्वस्फुर्त उपस्थितिको संकेत के ?

केही दिनयता देशका विभिन्न क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन भैरहेको छ । यसै क्रममा शनिबार काठमाडौंमा राष्ट्रिय झण्डासहित राजतन्त्रको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनमा विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड बोकेका थिए ।

राजतन्त्रको पक्षमा भैरहेको अहिलेको प्रदर्शनमा राजासहितको प्रजातन्त्र र हिन्दु अधिराज्यकोा माग गर्दैआएको राप्रपा समेत आधिकारिक रुपमा सामेल छैन, तर युवाहरुकोा ठूलो समूह अहिले राजतन्त्रको पुनःस्थापनाको आन्दोलनमा लागेको छ ।

वर्तमान राजनीतिक व्यवस्थाले देश र जनताका लागि अपेक्षाकृत केही गर्न नसकेको र नेताहरु आआफ्नै स्वार्थमा रुल्मुलिएका कारण युवाहरु विकल्पका रुपमा राजतन्त्र रोज्न पुगेको विश्लेषण भैरहेको छ ।

राजनीतिक नेतृत्वसँग रुष्ट युवाहरुले विकल्पका रुपमा वैकल्पिक शक्तिको साटो राजतन्त्र रोजे । वैकल्पिक शक्तिको असफलता मानिएको छ । परम्परागत शक्तिहरुले मुलुकलाई निकास दिन नसक्ने बताउँदै स्थापना भएका दलहरु पनि समाजमा दरिलोसंग उपस्थित नभएको र स्थापित दलहरु आआफ्नै घरझगडामा व्यस्त भएपछि जनता राजतन्त्रकै पक्षमा फर्किएको धेरैको टिप्पणी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.