राजनीति

पराजयपछि कमल थापाको टिप्पणी- मैले राहत र उन्मुक्ति पाए, राजाको भलो होस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले आफूलाई षडयन्त्रपूर्ण तवरबाट हराइएको र यसमा निर्मल निवासले चलखेल गरेको आरोप लगाउनुभएको छ ।

पराजयपछि ट्वीट गर्दै थापाले भन्नुभएको छ प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको हो । उहाँलाई पूर्व अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराको समर्थन थियो ।

राजेन्द्रले एक हजार आठ सय ४४ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाले जम्मा एक हजार छ सय १७ मत पाउनुभएको थियोा भने चार सय १३ मत बदर भएको थियो ।

आफू पराजित भएपछि ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताउँदै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिनुभएको छ ।

थापाले ट्वीटमा लेख्नुभएको छ ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.