राजनीति

राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गर्नुभयो ।

महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।

आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार कमल थापालाई २ सय मत अन्तरले हराउँदै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कुल खसेको ३८६५ मतमध्ये लिङ्देनले १८१७ मत र थापाले १६१७ मत पापाउनुभएको थियो भने ४३१ मत बदर भएको थियो । अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.