जल/वातावरण

कपाल झर्ने समस्या वंशाणुगतदेखि हार्मोनको गडबडी- रोकथाममका उपाय यस्ता छन्

कपाल मानिसको व्यक्तित्व र सुन्दरतामा महत्वपूर्ण पाटो हो । सुन्दर र बाक्लो कपाल अनि त्यसलाई आफ्नो शरीर र अनुहारसंग मिल्ने गरी बान्की पार्नु हरेकको चाहना हुन्छ । आजभोलि कपालको डिजाइन निकै फस्टाएको छ तर संगसंगै कपाल झरेर चिन्ता गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

सुन्दरता, व्यक्तित्व र आकर्षणको पर्याप मानिएको कपालको सुरक्षामा जति समय र धन खर्च गरिए पनि यो झर्न वाा फूलन छाड्दैन । फुलेको कपाल त बरु रंग रोगन गरेर राख्न सकिन्छ तर झर्न थालेपछि मानिसको टाउको विस्तारै घाँसविहीन रंगशाला बन्नपुग्छ ।

आजभोलि कपाल झर्ने समस्याले पुरुष मात्र हैन महिलाहरु पनि हैरान छन् । अधिकांशतः पुरुषहरुको कपाल झरेर तालुखुइने भएको देखिने गरिएकोमा आजभोलि महिलामा पनि यो समस्या देखापरेको छ । आखिर कपाल किन झर्छ, र यसलाई रोक्न के गर्नुपर्छ ? यस विषयमा सानो चर्चा गर्दैछौं ।

टाउकोमा हुने कपाल दुई प्रकारका हुन्छन्, एन्ड्रोजेन सेन्सेटिभ र एन्ड्रोजेन इन्सेन्सेटिभ । एन्ड्रोजेन सेन्सेटिभ भनेको टाउकाको अगाडिपट्टिको भागमा हुन्छ । यो भएको स्थानमा कपाल धेरै झर्छ । त्यसैले अधिकांश मानिसको निधारपट्टिबाट कपाल झर्दै जान्छ र तालु देखिने अवस्था आउँछ ।

कपाल झर्नुलाई चिकित्सकीय भाषामा ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भनिन्छ । शरीरमा हुने हार्मोनको गडबडी र वंशानुगत कारण तथा कपालमा बढी केमिकल मिसाइएका स्याम्पू र साबुनको प्रयोगले कपाल झर्ने गर्छ । वंशानुगत कारणले कपाल झर्नुलाई ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भनिन्छ ।

परिवारमा बुबा वा हजुरबुबाको कपाल कम उमेरमा झरेको छ भने त्यसको वंशानुगत असर छोरानातिमा पर्छ । यसको मुख्य कारण ‘डाइहाइड्रो टेस्टोस्टेरोनु भन्ने हार्मोन हो । यसका कारण कपालको जरा सुकेर जान्छ । यो प्रकारको वंशानुगत रोग हो ।

यसको मेडिकल उपचारको साथसाथै अहिले विश्वमा कपाल प्रत्यारोपण एक प्रभावकारी उपायका रूपमा अपनाउन थालिएको छ । ‘नन–एन्ड्रोजेनेटिक एलोपेसियाु चाहिँ हर्मोनको कारणले हुने समस्या होइन । मानिसको जीवनशैली र कपाल नुहाउँदा प्रयोग गरिने स्याम्पूमा हुने केमिकलको मात्राका कारण पनि धेरैको कपाल झर्ने गरेको पाइन्छ ।

धेरै नै कपाल झर्‍यो भने चिकित्सको सल्लाहमा औषधि प्रयोग गर्नुपर्ने हुन्छ । बढी समय हेलमेट लगाउनेको कपाल झर्नसक्छ । कपालमा चाया परेको छ भने पनि कपाल झर्ने हुन्छ । कपाल झर्नबाट जोगाउन आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ ।

कपाल झर्ने समस्या भएकाहरुले बुझ्नैपर्ने कुरा के हो भने प्राकृतिक रुपमा पाएको कपाललाई कत्रिमताले बढी सुन्दर बनाउन खोज्दा कपाललाई हानी पुर्याइरहेका छौं । कपालको सुन्दरता बढाउने नाममा कुरुपता बढाइरहेका छौं । उमर अनुसार कपाल झर्दै जानु स्वाभाविक हो तर कम उमेरमै कपाल झर्ने समस्या बढ्दै जानुमा हाम्रो आफ्नै कारण पनि एउटा प्रमुख पाटो हो ।

कपालको सुन्दरता यसको प्राकृतिक रंगमै हुन्छ । तर यसलाई अरु आर्षक बनाउन विभिन्न रंग र रसायनहरुको प्रयोग गरेर आकार बदलेर स्टाइलिस बन्ने लोभले पनि हामीले आफ्नो कपाल झारिरहेका छौं । अर्कोतिर दैनिक नुहाउँदा प्रयोग गर्ने स्याम्पू पनि अर्को कारण हो ।

हामीले प्रयोग गर्ने स्याम्पूमा केमिकलको मात्रा कति छ, त्यो हेर्ने गर्नुपर्छ । जथाभावी हेयर कलर गर्नु हुँदैन । कपालको स्टाइल चेन्ज गर्ने भन्दै कपाललाई क्षति पुर्याउैने काम गर्नु हुँदैन । कपाल झर्न सुरु भएपछि भने चिकित्सकको परामर्श लिनु आवश्यक छ कि के कारणले कपाल झरिरहेको छ । चिकित्सकीय समस्या हो कि वंशाणुगत यो भिन्नता छुट्याएपछि कपालको उपचार गर्दा राम्रो हुनेछ ।

माथिका कारण बाहेक कपालको स्याहारको कमी र सन्तुलित, पोषणयूक्त खानाको अभाबले पनि मानिसको कपाल झरिरहेको हुन्छ । त्यसैले सम्बन्धित बिशेषज्ञको सल्लाह बमोजिम आवश्यक पोषणयूक्त खानेकुराको सेवन गर्नु आवश्यक हुन्छ ।

त्यस्तै टाउकोमा आउने चायाले रौंको जरा कमजोर गराउँछ र कपाल झर्छ भने सौन्दर्य बढाउन कतिपयले आफ्नो कपालको रंग बदल्ने गर्छन । राम्रो बनाउने बहानामा यस्ता रंग बदल्ने बस्तुमा केमिकलको समिश्रण रहेको हुन्छ । यस्ता केमिकल मिसिएका मेहेन्दी र कलर कपालमा प्रयोग गर्दा चायाको कारण भन्दा बढी कपालको जरा कमजोर बनाउँछ र कपाल झर्ने सुरु गर्छ ।

त्यस्तै जीवनमा आइपर्ने विभिन्न तनावले पनि कपाल झर्ने गरेको पाइन्छ । आर्थिक सामाजिक र राजनीतिक लगायत अनेकौं पारिवारिक समस्याले व्याक्तिलाई निकै पिरोलेको हुन्छ । जो ब्यक्तिले बढी भन्दा बढी तनाव लिने गर्छ, त्यस्ता व्यात्तिको कपाल बढी झर्ने गर्छ ।

यदि कसैको कपालमा बारम्बार घर्षण भइरहन्छ भने, कसैले कपाल धेरै कन्याउँदा, बढी जोडले कपालमा ब्रस र काइयोको प्रयोगले पनि कपालमा बढि प्रेसर पर्ने गर्छ जसकारण कपाल झर्ने समस्या देखिन्छ ।

यसका अतिरिक्त एलोपेसिया एरिएटा भन्ने रोग छ भने कपाल अचम्म तरिकाले झर्ने गर्छ । झन् एलोपेसिया टोटासिमाले त झनै पुरै कपाल झार्दिन्छ । त्यसबाहेक थाइराइड गन्थ्रीबाट निस्कने थायरोक्सिन रसको कमि भयो भने, मृगौलामाथि रहने एड्रनल ग्लान्डमा ट्यूमर भयो भने, अत्याधिक ज्वरो, टाइफाइट आदिको कारणले पनि कपाल झर्ने समस्या देखिन्छ ।

कपाल झार्नबाट रोक्न के गर्ने

– कपाल झर्नबाट रोक्न उपाय पनि धेरै छन् । जसमध्ये निम्न कुराहरु अपनाएमा कपाल झर्नबाट रोक्न सकिन्छ ।

– नुहाउनु अघि केशमा तोरीको तेल लगाउनु पर्छ र कपालको हल्का मसाज गर्नुपर्छ ।

– कपाललाई सधै सुख्खा राख्नुहुँदैन ।

– पोषणयूक्त खानाको प्रयोग प्रयोग गर्नुपर्छ ।

– सकेसम्म गाउँघरमा पाइने घिउकुमारीको रसलाई निचोरेर कपालको जराजरामालगाउन सके कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

– तनावग्रस्त जीवनबाट टाढा रहनुपर्छ । सधै आफु भन्दामाथिका माथिका मान्छेलाई हेरेर तनाव लिनुको सट्टा तलका मान्छे हेरेर आफु जुनतहमा छ त्यसबाट सन्तोष लिन सक्नुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.