राजनीति

पूर्वमन्त्री खगराज अधिकारीले गरे कास्की क्षेत्र नं. १ को पूर्वाधार विकासका योजना

रामजी प्रसाद लम्साल, पोखरा

पूर्व स्वास्थ्य मन्त्री एवं कास्की निर्वाचन क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले आर्थिक बर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्बजनिक गर्नुभएको छ।

आइतबार अधिकारिले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निर्वाचन क्षेत्रमा रु चार करोड रुपैयाँ बजेटका विभिन्न ३० वटा योजना र संघीय सरकारबाट कास्की क्षेत्र नं १ मा छनोट भएका योजनाहरुको समेत जानकारी दिनुभएको छ ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य दिपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्र कास्की १ (क) मा छनोट भएका योजना र बजेट सार्बजनिक गर्नुभयो । कोइरालाले सो क्षेत्रमा रु २ करोडका विभिन्न २५ वटा योजना छनोट गरिएको जानकारी दिंदै यसपालिको बजेट उत्पादनमुखी योजनामा बढी केन्द्रित गरिएको बताउनुभयो ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्र कास्की १ (ख) मा छनोट भएका योजना र बजेट सार्बजनिक गर्नुभयो । सो क्षेत्रमा रु २ करोडका विभिन्न ३० वटा योजना छनोट गरिएको जानकारी दिंदै गत वर्षको योजना समयमै सम्पन्न गर्न कोभिडका कारण केही कठिनाइ भएको बताउनुभयो ।

विकास आयोजनाा सार्वजनिकीकरण कार्यक्रममाा कार्यक्रम जिल्ला समन्वय समिती कास्किका प्रमुख बैनबहादुर क्षेत्रीले गत बर्षको कठिनाइहरुलाईू यसपाली हलगर्दै समयमा योजना सम्पन्न गर्न आफूहरु समन्वयमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिती कास्किका प्रमुख बैन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.