राजनीति

कांग्रेस प्रदेश नं १ मा थापा, वाग्मतीमा वानियाँ

नेपाली कांग्रेसको वाग्मती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो ।

पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।

यसै गरी प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।

यसै गरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.