जापान

एनआरएनए चिवाद्वारा दुई दर्जन अग्रज नेपाली सम्मानित

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिले चिवा क्षेत्रमा बसोवास गरिरहेका अग्रज नेपालीहरुलाई सम्मान गरेको छ ।

आइतबार फुनावासीमा आयोजित अग्रजहरुसंग एनआरएनए विषयक परिचयात्मक अन्तकृयामा दुई दर्जन अग्रजहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित सहभागिहरुले प्रवास अनुभव र समुदायमा गर्नुपर्ने भूमिका बारेमा आफ्नो अनुभव समेत सुनाउनु भएको थियो ।

चिवा क्षेत्रमा लामो समययता रहँदै आउनु भएका डा. रामध्वज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, जनजाति महासंघ जापानका अध्यक्ष संजीव राई, नेपाली जनसम्पर्क समितिका भूपी गोविन्द श्रेष्ठ, रामकृष्ण बममल्ल, चिवा क्षेत्रका निवर्तमान संयोजक तथा कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पाको सहभागिता थियो ।

त्यसै गरी गायक दीपेश श्रेष्ठ, पत्रकार दीपक गौतम, जनजाति महासंघ चिवा क्षेत्रीय संयोजक अमृत लामा, एनआरएनए जापान निवर्तमान उपाध्यक्ष नारायण खडका सहित संजय रिजाल, निरज पाण्डे, बुद्ध बस्नेत, मन्जु गिरी, लक्ष्मी केसी महर्जन, प्रकाश भण्डारी क्षेत्री, प्रकाश पोखरेल लगायतका स्थानिय नमस्ते चिवा, रोयल चिवा र नारिता नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एनआरएनए चिवाका उपसंयोजक राजन भट्टराईले स्वागत गर्नु भएको कार्यक्रममा संयोजक मुक्तिराज रेग्मीले टोकियोसंग नजिक रहेर पनि चिवा क्षेत्रमा धेरै नेपालीहरुको बसोवास रहेको जानकारी गराउँदै यहाँका हरेक नेपालीसंग जोडिने कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

आगामी दिनमा थप जनचेतना मुलक कार्यक्रम गर्ने घोषण गर्नुभयो। कार्यक्रमको संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.