जन सरोकारस्वास्थ्य

नेपालमा भित्रियो ‘ओमिक्रोन’ दुईजनामा संक्रमण

कोरोना भाइरसको नयाँ स्वरुप (ओमिक्रोन)को जन्म भएपछि विश्वमा पुनः त्रास छाएको छ । नेपालमा पनि २ जनामा संक्रमणको पुष्टि भएको छ । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो ।

डा. अधिकारीका अनुसार नयाँ भेरिअन्ट पुष्टि भएको देशबाट ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदा नियम अनुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । उहाँसँग सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैँलाई मङ्सिर ७ गते कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

दुवैजना हाल आइसोलेसनमा रहेको र कुनै लक्षण नरहेको बताइएको छ । संक्रमित दुई व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको बृहत् रूपमा कनट्याक्ट ट्रेसिङ गरिएको रसम्पर्कमा आएका सबै ६६ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो र सबै स्वस्थ्य रहेको पाइएको बताइएको छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिए पनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् । नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । नयाँ भेरिअन्ट आएसँगै अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई खोपको बुस्टर मात्रा दिनुपर्ने माग भइरहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.