खेल

प्रधानमन्त्री कप क्रिकेटका लागि खेलाडी छनोट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ । काठमाडौँं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा पुरुष खेलाडीको नाम सार्वजनिक गरेको हो ।

काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष अमितवीर पाण्डेका अनुसार अस्मिना कर्माचार्यको कप्तानीमा महिला टोली तथा सञ्जम रेग्मीको कप्तानीमा पुरुष टोलीको घोषणा गरिएको छ । छनोट गरिएका महिला खेलाडीमा सुमन खतिवडा (उपकप्तान), कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई, रेनुका बस्नेत, करिश्मा गुरुङ, विपासा शाही, सृजना पुन, एनी पोखरेल र खुसी डङ्गोेल छन् । वैकल्पिक खेलाडीमा सुवेक्षा थापा मगर, माधवी चौधरी र विपना बम रहेका छन् ।

यसैगरी छनोट भएका पुरुष खेलाडीमा विभस्तु थापा (उपकप्तान), सुवास खकुरेल, नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, इसान पाण्डे, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदिपकुमार विक र राम चौधरी रहेका सङ्घले जनाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो । क्यानले मङ्सिर २१ गतेभित्र जिल्लाको टोली छनोट तथा पुस ७ गतेसम्म प्रदेशको टोली छनोट सम्पन्न गर्न निर्देशन दिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.