राजनीति

नेकपा बैठक : समस्या समाधान हैन, समय लम्ब्याउनै व्यस्त

सडकमा राजतन्त्रको पक्षमा जसरी नारा लागिरहेको सत्तारुढ नेकपाको विवाद समाधानको प्रयास अरु पर धकेलिंदै गएको छ । दुई अध्यक्षको आरोप–प्रतिआरोपका दस्तावेजहरुपछि त्यसको छिनोफानो स्थायी कमिटीले गने भनिए पनि आइतबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि मंसिर २८ गतेसम्म स्थगित गरिएको छ ।

त्यसै गरी स्थायी कमिटीको बैठकका कारण पूर्व निर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनको डिलमा पु¥याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाउनुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीको पत्रका सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । शीर्ष नेताहरुबीच अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि जारी रहेको जनाइएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टी भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्ताव पत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.