प्रधानमन्त्री ओलीबाट बोलाइएको सर्वदलीय बैठकको एजेण्डा के होला

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) बैठक बोलाउनुभएको छ । मुलुकको राजनीतिमा सत्तारुढ दलमा देखिएको विभाजनको रेखा अनि राजतन्त्रको समर्थनमा सडकमा लागेको नाराकाबीच प्रधानमन्त्री ओलीले मंगलबार विहान ११ बजे बैठक बोलाउने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बैठकको निश्चित एजेण्डा नभए पनि समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताउनुभएको छ ।
मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाईरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुलाई महत्वपूर्ण मानिएको छ । सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।
नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि प्रधानमन्त्री ओलीले तयस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्