जापान

एनआरएनए तोचिगी क्षेत्रीय समितिको ब्यानर अनावरण

गैरआवसीय नेपाली संघ जापान, क्षेत्रीय समिति तोचिगीले एक औपचारिक कार्यक्रमकाबीच ब्यानर अनावरण गरेको छ। क्षेत्रीय संयोजक मन्दिप क्षेत्री तथा सल्लाहकार सुरेन्द्र अधिकारीको आतिथ्यमा सोमबार ब्यानर अनावरण गरिएको हो ।

कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन न्यूउरेले शुभकामना दिंदै तोचिगी क्षेत्रीय समितिले गरेका कार्यहरूको उच्च मूल्याङक गर्दै आगामी दिनमा हुने कार्यक्रममा पनि केन्द्रले सधै हातेमालो गर्ने बताउनु भयो।

कार्यक्रमका अतिथि सुरेन्द्र अधिकारीले आगामी दिनमा यस संस्थाका लागि आवश्यक सहयोग गर्न तयार रहेको र तोचिगी क्षेत्रमा जापानी समुदायमा नेपाल र नेपालीको ज्ञान, सीप र क्षमताले नेपालको नाम उच्च राख्ने कामहरूगर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले जापानमा नेपाली समुदायको जनसंख्या बृद्बिसगै धेरै दुर्घटना भैरहेकोमा चिन्तित हुँदै यस किसिमबाट केही हदसम्म पीडितलाई राहत हुने भएकाले जीवन बिमा गर्नुपर्ने विषयमा ध्यान केन्द्रित गराउनु भएको थियो ।

क्षेत्रीय ससंयोजक मन्दिप क्षेत्रीले कार्यक्रममा उठेका सवालहरुका जवाफ दिंदै यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई एकिकृत गर्ने कार्यक्रम केही महिनाभित्र बृहतरूपमा संचालन गरिने र आगामी दिनमा अन्य क्षेत्रमा हुने कार्यक्रममा सहभागी भएर केन्द्रसंगको सहकार्यमा २१-२३को कार्यकाल उदारहणीय बनाउने प्रतिबद्धताा जनाउनुभएको थियो ।

कार्यक्रममा समितिको पहिचान झल्कने नामाङकित टिसर्ट र कार्यसमितका सदस्यहरुलाई परिचय पत्र वितरण पनि गरिएको थियो ।

समारोहमा करिब कार्यकालको ६ महिना भित्र गरिएका क्रियाकलाप र आर्थिक सहयोगका बारेमा सहकोषाध्यक्ष अनिल कुमार किसानले प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

सहसचिव कपिल न्यौपानेले संचालन गर्नु भएको कार्यक्रमका सम्पूर्ण ब्यवस्थापन सचिव उत्तम खनालले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपसंयोजक सन्तोष घिमिरेलेले गर्नुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.