कोरोना चीनमा हैन अमेरिकामा पहिले फैलिएको 'सिडीसी'को रिपोर्ट
विश्वलाई हायलकायल बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण चीनको वुहान शहरबाट भएको आम मान्यता रहे पनि हालैको एक अध्ययनले चीनमा संक्रमित देखिनु दुई महिना अघि अर्थात् सन् २०१९ को डिसेम्बर महिनामै अमेरिकामा फैलिएको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी)को पछिल्लो अध्ययन प्रतिवेदनमा चीनमाभन्दा पहिले नै गत वर्षको डिसेम्बरमै अमेरिकामा कोरोना भाइरस संक्रमण भैसकेको दावी गरेको हो । हुन पनि आज अमेरिकाको अवस्था हेर्दा यो प्रतिवेदन नै सही सावित हुनसक्छ ।
उटा अमेरिकी मिडिया इन्स्टिच्युटका अनुसार स्वास्थ्य अध्ययन र अनुसन्धानकर्ताहरूले यो संक्रमणको बारेमा थाहा पाउनु भन्दा अघि यस अध्ययनले विश्वव्यापी रूपमा फैलिएको प्रमाणित गरेको छ । सीडीसीले अमेरिकी रेडक्रसबाट संकलित ७,३८९ रगतको नमूनाहरूको अध्ययन गर्यो। यी मध्ये १०६ जना संक्रमित पाए ।
यी नमूनाहरू गत वर्ष डिसेम्बर १३ र जनवरी १७ बीचमा लिएका थिए । पछि तिनीहरूलाई कोरोना भाइरसमा एन्टबडीहरू छ कि भनेर जाँच गरियो। प्रतिवेदनमा अन्वेषकहरूले भने कि यो सम्भव छ कि सार्स-कोभ -२ गत वर्षको डिसेम्बरमा अमेरिका आइपुगेको थियो, जबकि यो पछि आए भनेर विश्वास गरिन्छ ।
आज अमेरिकामा दैनिक २ लखभन्दा बढी संक्रमित थपिइरहेका छन् भने चीनमा केही सयको हाराहारीमा मात्र सक्रिय संक्रमित छन् । यसै तथ्यबाट पनि पुष्टि गर्नसकिन्छ कि अमेरिकामा कोरोना संक्रमण सुरु भएपछि पनि लामो समयसम्म यसको रोकथामका लागि कुनै उपाय अपनाइएन ।
प्रतिक्रिया राख्नुहोस्