जन सरोकार

ऋण तिर्नु नपरोस् भनेर आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् ।

हत्या

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिनुभयो । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उहाँले जानकार िदिनुभयो ।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताउनुभयो ।

उहाँका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छाैँ भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेनदेनबाटै घटना सृजना भएको पाइएको उहाँले बताउनुभयो । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ ।

राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उहाँले जानकारी दिनुभयो । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.