बिचार

…गौचनदाईको निधनपछि अनि मैले स्वास्थ्य बीमा सुरु गरे

जिन्दगीको पाईला चल्दैचल्दै यस्तो मुडमा आएर एक विदेशी साथीसंग भेट हुन पुग्यो । तीन वर्ष जति सामान्य रिलेसनमा बसियो। पछि तीनै जापानी साथीसंग वैवाहिक सम्बन्धमा गासिए पछि एकवर्ष नेपालमा बसियो । सुरूको योजनामा त दुबैले नेपालमै बसेर अध्ययन अगाडि बढाउने थियो । तर दिन बित्दैजादा दुबैको मन परिवर्तन हुदैगयो । विदेश जापान आउने रहर जाग्न थाल्यो। परिवारबाट स्वीकृती लिएर जापान जाने निर्णय गरियो ।

जस्तो कि अकस्मात म मरे रे !! मसंग कुनै पनि बीमा छैन भने के होला ? जापानमा लास पोल्न पनि पैसा लाग्छ। अझ नेपालै पठाउन परे त झन झन् । मरेको लास माथी भिख माग्नु पर्ने स्थिति आउछ । “मेरो व्यक्तिगत रूची यदि म जाहा मर्छु तेही नजीकै पोल्दिएपनि, गाड्दिएपनि म खुसी हुन्छु” । 

विकसित देशबाट थुप्रै सपनाहरू बोकेर जाहाजमा सररर उडेर जापान आउदा आहा…कति आनन्द भएको स्मरण आउछ । आएको एक महिना जति जापानको परिवार, नेपालका साथी भाईहरूसंग रमाउने, बिभिन्न ठाउहरू घुन्ने। जापानको मन्दिर, पार्कहरू भन्दा पनि बढी चाख मेरो लामालामा पुलहरू माथी, पानीजाहाजहरू माथी, समुन्द्रमाथी हुन्थ्यो । देखेपछि रोकिएर हेरिरहन्थे । अचम्मै लाग्थ्यो । साझ घरमा गएपछि तातो पानीमा (ओफुरो) बस्ने । ससुरावासंगै बसेर बियरले चियर्स गर्दै जानी नजानी संगै गफ गर्थे । सासु आमाले फेरी जापान आएको सुरूकै दिन देखि बासको छेस्कोले (चोपास्टीक) खानुपर्छ भन्नुभयो । प्रयास गर्दै जादा छेस्काले पनि एकहप्तामा राम्रै खान सक्ने भए । काचो माछादेखि परिकारहरू लगभग सबै खाना खान्थे । तर नात्तो (सडाएको भट्ट) भने ६ महिना लाग्यो बानी पार्न । यसरी सुरूका दिनहरू सम्झदा मलाई अमर आचार्य दाई, बम घर्तिदाई, केशव आचार्यदाई, शिशिर भट्टजीको याद आउछ । लगभग एक महिनापछि आनन्दको जीवनबाट अव आफ्नो हैसियत अनुसारको वैदेशिक जिवनमा आउनै पर्नेथियो । सबैदाई, अग्रजहरूको सहयोगमा जापानमा काम सुरू गरे ।
काम चल्दै गएको थियो । मेहनतको मर्म बुझ्दै थिए । मसंग त जापानीज जस्तै भएर काम गर्ने सक्ने परिस्थिति भएपनि अरू विदेशी साथीहरूसंग थिएन । काम गर्ने सिलसिलामा एक जना साथीको हात मेसिनमा पेलियो । काहाली लाग्दो काहानी अझै याद आउछ । ‘ओभरस्टे’ स्वास्थ्य बीमा पनि छैन, विवरण खुलाएर हस्पिटल जान पनि नसकिने आज पनि सम्झिदा दु:ख लागेर आउछ । समय बित्दै जादा अंग्रेजी वर्ष १९९८ मा एकजना गौचनदाई बित्नुभयो । अघिल्लो दिनसंगै जापानमा रहने हामी नेपाली कसरी एक आपसमा सहयोगी बन्न सक्छौ भन्ने छलफल गरेको भोलीपल्ट अकस्मात बित्नुभयो। उहापनि ओभरस्टे हुनुहुन्थ्यो । उहाको परिवार, नेपाली साथीहरू भएर सहयोग गर्यौ।
विस्तारै एकवर्षमा मपनि जापानी बोल्ने लेख्ने भईसकेको थिए । गरेको काम परिवर्तन गर्ने सिलसिलामा अझै जापान बुझ्दै कठिनाईका बीचमा मेहनत गर्दै गए । एक दिनको कुरा हो ठिक तेतिखेर भाईलाई जापान घुम्न वोलाएको थिए । दुई महिना जति पार्टटाईम काम गर्छु र नेपाल जान्छु भनेपछि तेही सिलसिलामा हामी गुम्वाकेन गयौ (त्यो बेला काम गर्न टुरिस्टलेपनि रिस्क लिएर गर्ने चलन थियो)। त्यहा यस्तो भयानक घट्ना जादा जादै सुन्नु पर्यो । खवर थियो एकजना नेपाली बाग्लुङ, गुल्मीको कंडेल भाईको मेसिनले टाउको काटिएछ । त्यतिखेर भने ओभरस्टे भएपनि सबै जिम्मेवार कम्पनीले नै लिएको थियो । सायद यो घट्ना २००२ तिरको हो जस्तो लाग्छ ।

कोरोनाको संकटमा पनि बीमाले नै सहयोग भईरहेको छ ।

अहिले लाग्छ मैले तिरेको आजसम्मको रकम भन्दा

बीमा कम्पनीहरूले मलाई बढी लगानी गरेका छन् ।

अझै त्यो बेला हामी साथीहरू बीच छलफल हुन्थ्यो। भिसा भएकाले तलब राम्रो पाएपनि स्वास्थ्य बीमा, पेन्सन बीमा, रोजगार बीमा, रेजिडेन्स ट्याक्स, सबै बस्न पर्थ्यो । भिसा नहुनेले बस्न पर्थेन । कम्पनीमा तलबमा खासै फरक नपरेपनि भिसा हुनेको त धेरै काटिने हुदा भिसा नहुने साथीको कमाई राम्रो हुन्थ्यो । मनखत पनि लाग्थ्यो । तर पटकपटक बीमा नगरेको साथीहरू बीच आपत बिपतको वेलामा भने अतिनै दु:ख पाएको याद आउछ । उहा साथीहरूले कमाएको पैसा अलिकती राखेर सबै नेपाल पठाउने चलन थियो । “जापान भनेपछी वर्षको एकलाख नेपालमा भन्ने सोच थियो । हुन त आज पनि छ” । नेपालमा टन्न जम्मा भएपनि यता समस्या पर्दा साथी भाईहरूसंग गुहार माग्ने चलन थियो हामी नेपाली बीच। यस हिसावले गर्दा हामी नेपालीको मन त माहान लाग्छ । तुरून्तै ल मैले यति उस्ले यति भनिहाल्ने ।

यता बसेर उता ठूलाठूला कुराहरू फाली रहेका हुन्छौ तर आफै व्यवहारिक हुन सकिरहेका छैनौ । सबै नहोलान तर ..। संसारको जुन सुकै मुलुकमा गएपनि बिधिको बिधान हो जे पनि हुन सक्छ । विदेशी विकसित मुलुकमा श्रम गर्न आईसकेपछि सामान्य आफ्नो सामाजिक सुरक्षा आफै व्यवस्था गर्ने, बेला बेलामा स्वास्थ्य परीक्षा गराउने, विमारी पर्दा स्वास्थ्य बीमाबाट उपचार गर्ने । अकस्मात बिमारीले, अप्रिय दूर्घटनाले, आफ्नै लापरवाहीले यो संसार छोड्नु पर्ने हुनसक्छ ।

यसैक्रममा ५ वर्ष पछिको रोजगार पछि काम छोडेर आफै केहि गर्ने सोच वनाएर फोटोग्राफर डिजाईनमा सोख थियो । काम छोडेको बीचमा ६ महिना जति एकदम मेहनत गरेर व्यवसायिक फोटो सिके । त्यतिबेला मलाई याद छ यदि म रोजगार बीमामा नवसेको भए म कामबाट नयॅा विजनेस स्थापना गर्ने ट्रान्जेसन समयमा पैसाको संकट हुने थियो । म आफै अनि परिवार पाल्नु मेरो कर्तब्य थियो तर नयॅा च्यालेन्ज पनि गर्नु थियो । त्यो बीमाले नयॅा काम या विजनेस सुरू नभईन्जेल तत्काल तवबको ८०% दिएर यसैको साहारामा आफ्नो व्यवसाय जेरो पैसाबाट सुरू गर्न सफल पनि भए । बिभिन्न फिजीकल घट्नाहरू पनि धेरै भए तर सबै बीमाहरूलेनै कभर गर्यो । कोरोनाको संकटमा पनि बीमाले नै सहयोग भईरहेको छ ।
अहिले लाग्छ मैले तिरेको आजसम्मको रकम भन्दा बीमा कम्पनीहरूले मलाई बढी लगानी गरेका छन् । हुदॅाहुदै मेरा छोरा, छोरीहरूलाई पनि एजुकेसन बीमामा सुरूमै राखिदिएको थिए र आज छोरीलाई यूनिभर्सिटी पढाए चार बर्ष सकिदैछ । फेरी छोरो यूनिभर्सिटी चार वर्षसको लागि जादैछ । थोरैथोरै पैसा बीमा कम्पनीलाई तिर्न अप्ठेरो भएन । एकैचोटी ठूलो रकम यूनिभर्सिटीमा दुईटै बच्चालाई तिर्न पर्दा त हैसियत बाहिरकै कुरा हुन्थ्योहोला । पैसा नहॅुदा यूनिभर्सिटी जानवाट बन्चित हु्थेकी ? तर वेलैमा योजना बनाएर एजुकेसन बीमा पस्न सकेकाले ढुक्कले छोराछोरीहरू पनि पढ्न पाएका छन् ।
माथीका अनुभव मेरो जिवनमा जोडिएका नो-फिक्सन अनुभवहरू हुन ।
समय परिवर्तन अनि विकसित छ । हामीपनि परिवर्तन हुन जरूरी छ । २००५ सालसम्म आईपुग्दा जापानमा ओभरस्टे विदेशी एकदम कममात्रमा हुन थाले । यसपछी कुक भिसामा आउने, ट्रेनिगं भिसामा आउने, विद्धार्थी भिसामा आउनेसंगै आईटी इन्जिनीयरहरू पनि बढ्दै गए । नेपाल ईन्डियाबाट आउने जापानमा संख्या बाक्लै हुदैगयो । हाम्रो देश भौतिक विकासका रूपमा धेरै तल परेको भएपनि चेतना स्तर, ज्ञान, समाचारका हिसावले नयॅा प्रविधीसॅगै संसारसंग प्रतिस्पर्धा पनि गरीरहेका छौ। अवसर नपाएका हाम्रा दूर्गम ठाउ, गरीव वर्ग बीचमा अवस्य विकसित हुने अवसर पुगेको छैन । यस विषयमा विदेशमा रहने नेपालीले पक्कै पनि नेपालमा पिछडीएको ठाउमा नेपाल सरकारसॅग समन्वय गरेर अगाडी जानुपर्छ । सायद एनआरएनएको मुख्य उदेश्य यही हुनुपर्छ ।

सुतेको मान्छे विहान उठ्दा मृत अवस्थामा भेटिनु । दूर्घटनाको कुरा त होसियारी नै हो कहिले काही होसीयारी हुदाहुदै पनि अप्रिय घट्ना हुन्छ । परिवारको सदस्य घुमाउनुको पीडा कति हुन्छ हुन्छ ? त्यसमा पनि अरू बोझ थपियो भने बाचेका परिवारहरूको जीवन कति कठिन होला ?

एउटा दु:ख अझैपनि के लाग्छ भनेनी । विकसित मुलुकमा हामी आएका छौ । तर यता बसेर उता ठूलाठूला कुराहरू फाली रहेका हुन्छौ तर यति हामीहरू आफै व्यवहारिक हुन सकिरहेका छैनौ । सबै नहोलान तर ..। आधुनिक समाज हुदै विकसित समाज तिर हाम्रो देशलाई लानेहो । विदेशी विकसित मुलुकमा श्रम गर्न आईसकेपछि सामान्य आफ्नो सामाजिक सुरक्षा आफै व्यवस्था गर्ने, बेला वेलामा स्वास्थ्य परीक्षा गराउने, विमारी पर्दा स्वास्थ्य बीमाबाट उपचार गर्ने । मानव जिवन हो संसारको जुन सुकै मुलुकमा गएपनि बिधिको बिधान हो जे पनि हुन सक्छ । अकस्मात विमारीले, अप्रिय दूर्घटनाले, आफ्नै लापरवाहीले यो संसार छोड्नु पर्ने हुनसक्छ । पूर्व जानकारी बिना जस्को जिवनमा पनि आउन सक्छ। यस्तो दूर्घटना देशमा होस या प्रदेशमा कसैको जीवनमा पनि नआओस । तर एउटा तयारी आफैको लागि आफैले गर्नु जरूरी हुन्छ । जस्तो कि अकस्मात म मरे रे ! मसंग कुनै पनि बीमा छैन भने के होला ? जापानमा लास पोल्न पनि पैसा लाग्छ । अझ नेपालै पठाउन परे त झन झन् । मरेको लास माथी भिख माग्नु पर्ने स्थिति आउछ । “मेरो व्यक्तिगत रूची यदि म जाहा मर्छु तेही नजीकै पोल्दिएपनि, गाड्दिएपनि म खुसी हुन्छु” । .
मैले पनि बर्सैपिच्छे वेलावेलामा ५ हजार, १० हजार,५० हजार बिभिन्न संघ सस्थाहरूमा या व्यक्तिगतगत रूपमा दिएर सहयोग गरिरहेकै हुन्छु। मानविय स्वभाव हुनु आफैमा उत्तम मानवताको परिचय हो । आधुनिक समाजसंगै विकसित भएको मानव जातिले विकसित समाज बनाउदै गर्दा विकसित खालको मानविय सोच बनाएर समाजलाई व्यबस्थित गर्दै जानु पनि हाम्रै कर्तव्य हो ।
देशभित्रका त के कुरा धेरै घट्नाहरू यस्तो पनि देख्छु प्रदेशमा ! नियमित चेक गरे, होसियारी अपनाए आफ्नो स्वस्थ्यको जानकारी लिन समयमै सकिन्थ्यो नी । सुतेको मान्छे विहान उठ्दा मृत अवस्थामा भेटिनु । दूर्घटनाको कुरा त होसियारी नै हो कहिले काही होसीयारी हुदाहुदै पनि अप्रिय घट्ना हुन्छ । परिवारको सदस्य घुमाउनुको पीडा कति हुन्छ, हुन्छ ? त्यसमा पनि अरू बोझ थपियो भने बाचेका परिवारहरूको जीवन कति कठिन होला ? एकपटक सोचौ । मेरो आफ्नै जिवनको अनुभवको आधारमा कसरी व्यवहारिक हुने ! मेरो अनुभव राखे ।
-रेष्टुरेन्ट व्यवसायी अधिकारी समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।

संस्कार परिबर्तन गर्ने बेला भएन र कमरेड ?

सम्बन्धित खबर

Back to top button