जन सरोकार

लमजुङको भुस्मेमा जीप दुर्घटना : तीनजनाको मृत्यु

लमजुङको मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् ।

मस्र्याङदी गाउँपालिका वडा नं। ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशन डाँडातर्फ जाँदै गरेको बोलेरो जिप बिहीबार विहान साँढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताउनुभयो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारीको मृत्यु भएको छ । उनीहरु गणेश माविमा अध्ययनरत विद्यार्थी हुन् ।

यस्तै कपिलवस्तु घर भएका शिक्षक कमल थापामगरको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।

प्रहरीका अनुसार अन्य दुईजना गम्भीर घाइते भएका छन् । चालक र एक छात्रा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकी चितवन मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते छजनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । एक जना भने सामान्य घाइते भएकाले घर फर्किएको बुझिएको छ । उक्त जीपमा चालकसहित १२ जना सवार थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.