जन सरोकारस्वास्थ्य

१८ वर्षमुनिका बालबालिकालाई आइपुग्यो १५ लाख खोप

१८ वर्ष मुनीका बालबालिकाका लागि १४ लाख ९७ हजार छ सय मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको छ । मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खोप कोभ्याक्स सुविधाअन्तर्गत आएको हो । त्यसै गरी आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं आइपुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । योसँगै नेपालले अहिलेसम्म दुई करोड ९४ लाख ५४ हजार १३० डोज खोप प्राप्त गरिसकेको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९९ लाख पाँच हजार ५०१ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड आठ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसङ्ख्यामा ५४.४ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशत पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.