राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा लामाप्रति श्रद्धाञ्जली व्यक्त- योगदानको स्मरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले बिहिबार शोक वक्तव्य जारी गरी कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिनुभएको योगदानको स्मरण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उहाँले जनपक्षीय भूमिका खेल्नुभएको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गर्नुभएको कामको स्मरण पनि गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसै गरी नेकपा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामाको कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान निधन भएको थियो ।

लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिंह लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा ९चौम०बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.