राजनीति

मंसिर २९ गते कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, सडकमा आउन कार्यकर्तालाई निर्देशन

सरकारका गलत काम चुपचाप हेरेर निस्क्रिय बसेको आरोप लागेको प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । यसका लागि कांग्रेसले आफ्ना कार्यकर्तालाई सडकमा आह्वान गरेको छ ।

कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गर्दै प्रदर्शनको तयारीबारे छलफलपछि कार्यकर्तालाई सो निर्देशन दिएको हो ।

बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । शर्माका अनुसार कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कां‌ग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । २९ गतेको प्रदर्शन प्रारम्भिक मात्र भएको र त्यसपछि अरु कार्यक्रम पनि गर्ने सल्लाह भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.