नक्कली खोपको प्रचारप्रसार र विक्री- शतर्क रहन इन्टरपोलको विश्वव्यापी आव्हान
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट बच्ने खोपको विभिन्न मुलुकमा तयारी भैरहेको र कतिपय मुलुकले खोप लगाउन सुरु गरिसकेका छन् । आम मानिसको बाँच्ने अधिकार र चाहनामाथि खेलवाड गर्दै विश्वव्यापी रुपमा नक्कली खोपको प्रचार प्रसार भैरहेको पाइएको छ ।
केही दिन यता कोभिड १९ र रुघाको भन्दै नक्कली खोपको अनधिकृत कारोबार र प्रचार प्रसार विश्वव्यापी रुपमा वृद्धि भैरहेको इन्टरपोलले जनाएको छ । इन्टरपोलले आफ्ना सबै सदस्य राष्ट्रहरुलाई यस विषयमा सचेत रहन आव्हान समेत गरेको छ ।
इनटरपोल महासचिव जुरगेन स्टकले अनलाइन विज्ञप्ति जारी गरी महामारीको यो अवधिमा अनधिृकत फाइदा उठाउनेहरुको खोजी गरी नक्कली खोप उत्पादन र विक्री वितरण गर्ने अवैध वेभसाइटहरुको खोजी गर्नु आवश्यक रहेको र यसका लागि हरेक देशले आफ्ना नागरिकको सुरक्षाका लागि कानुन कार्यान्वयन गर्ने र स्वास्थ्य निकायको समन्वयमा महत्वपूर्ण निभाउने आश गर्नुभएको छ ।
नेपाल प्रहरीले इन्टरपोलको यही सूचनाका आधारमा आम नेपालीमा कोभिड १९ को खोप र कारोबारप्रति शतर्क र सचेत रहन आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्