विश्व समाचार

चिनियाँ अर्थव्यवस्था महासागर जस्तै : राष्ट्रपति सी

राष्ट्रपति सी चिनफिङले चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै भएकाले जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम रहेको बताउनुभएको छ ।

सीले २०१८ मा पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उद्घाटन समारोहमा भन्नु भएको थियो- “समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला हावा र आँधीबेहरी मात्र आशा गर्न सकिन्छ” ।

कोभिड १९ महामारी, दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व अर्थतन्त्रको सबैभन्दा खराब मन्दी र चीनको विकासलाई रोक्न केही देशहरूले गरेको प्रयासको बावजुद चीनको अर्थतन्त्र बलियो बनेको छ ।

यस अस्तव्यस्तताले ओझेलमा पर्नुको सट्टा, चीनको अर्थतन्त्र बलियो रह्यो २०२० मा वृद्धि हुने एकमात्र प्रमुख अर्थतन्त्रको रूपमा उदाउँनुमा चिनियाँ नेतृत्व र विशाल घरेलु बजार महत्त्वपूर्ण कारक रहेका छन् ।

“धेरै हावा र आँधीबेहरीको अनुभव गरिसकेपछि, समुद्र अझै पनि स्थिर नै रहन्छ ।” धेरै हावा र आँधीको अनुभव गरिसकेपछि, महासागर अझै त्यहाँ रहनेछ । हो चीन पनि त्यस्तै छ । महासागरले जीवनलाई पोषण दिन्छ, चीनको विकास, वृद्धि र अवसरहरूले बाँकी विश्वलाई फाइदा पुर्याउँछ, सीको टिप्पणी छ ।

चीनले गत वर्षको शुरुमा काम र उत्पादन पुनस् शुरु गर्न अगाडि बढ्यो र विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरतामा योगदान पुर्या एको छ । बढ्दो आयातले विश्व अर्थतन्त्रको पुनरुत्थानलाई पनि बढाएको छ।

जसरी महासागरले कुनै नदीलाई अस्वीकार गर्दैन, समसामयिक चीन पनि त्यस्तै समावेशी छस् राष्ट्र स्वतन्त्र व्यापार र बहुपक्षीयताको सशक्त वकालत र खुला विश्वव्यापी अर्थतन्त्रको सक्रिय समर्थक हो ।

सन् २०२० मा चीनको सुधार र खुलापनको अग्रपंक्तिमा रहेको शाङ्घाईको पुडोङको विकास र खुलापनको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सीले विश्व अर्थतन्त्र पनि एउटा महासागर भएको बताउनुभएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.