राजनीति

सिंहदरबारदेखि गाउँपालिकासम्म अर्थपूर्ण महिला सहभागिताको माग

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण ९राइज० ले बिहीबार संयुक्तरूपमा आयोजना गरेको ‘महिला नेतृत्व, शक्ति सम्बन्ध तथा महिला मानव अधिकार’ विषयक अन्तरक्रियामा वक्ताहरुले महिला अहिले पनि शोषित, पीडित नै रहेकाले सशक्तीकरण गरी तीनै तहका सरकारका निकायमा सहभागी गराइनुपर्नेमा जोड दिएका हुन् ।

राइजका अध्यक्ष वरिष्ठ अधिवक्ता साधना श्रेष्ठले महिला आर्थिकरूपमा सक्षम भएमात्र उनीहरुको हक अधिकार सुनिश्चित हुने धारणा राख्नुभयो । आर्थिक दृष्टिकोणले असक्षम हुने बित्तिकै महिलाहरु शोषित हुने गरेको श्रेष्ठले बताउनुभयो ।

नेपाल बार एसोसिसनका सदस्य रक्षा बस्यालले नेतृत्व तह गम्भीर नभएसम्म महिलाको समस्या समाधान हुन नसक्ने बताउनुभयो । ललितपुर बारका अध्यक्ष अर्जुन महर्जनले नेपालको संविधानमा महिला हक अधिकारका बारेमा उत्कृष्ट प्रावधान रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन आवश्यक भएको बताउनुभयो । महिला अधिकारकर्मी कोपिला डङ्गोलले राज्यका सबै तह र तप्कामा महिलाको व्यावहारिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न पेशामा आबद्ध महिला अधिकारकर्मीको सहभागिता रहेको थियो । सहभागी महिलाले तीनै तहका सरकारका विभिन्न निकायमा महिलाको सहभागिता अर्थपूर्णरूपमा बनाइनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.