साहित्य

स्व. रमेश विकलको लुकेको प्रतिभा यसरी प्रकट हुन्छ संग्रहालयमा (भिडियोसहित)

नेपाली आख्यानविधाका मुर्धन्य स्रष्टा स्व. रमेश विकलको साहित्य सिर्जनामा जति पोख्त हुनुहुन्थ्यो त्यति नै पोख्त चित्रकला र संगीतमा पनि हुनुहुन्थ्यो । फरक के मात्र हो भने उहाँका चित्रकला साहित्य जस्तै व्यापक रुपमा सार्वजनिक भएन भने संगीत सिर्जना रेकर्ड भएको पाइएको छैन ।

उहाँको यो प्रतिभा आम नेपालीका लागि रहस्यकै विषय बने पनि जब आरुबारीस्थित उहाँकै जन्मथलोमा स्थापना भएको रमेश विकल साहित्य प्रतिष्ठानको अवलोकन गरिन्छ तब विकलको लुकेको त्यो प्रतिभा उजागर हुन्छ र प्रतिष्ठानमा उहाँले सिर्जना गर्नुभका कलाकृत्रिहरु सजाएर राखिएका छन् । त्यस्तै प्रतिष्ठानको संग्रहालयमा उहाँका दैनिक जीवनमा प्रयोग भएका सामग्रीहरु सजाएर राखिएका छन्, जुन शोध तथा अनुसन्धानकर्ताहरुका लागि ठूलो सन्दर्भ सामग्री बन्ने छन् ।

बिसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन काठमाडौँ जोरपाटीको आरुबारीमा पिता चन्द्रशेखर चालिसे र छायादेवी चालिसेको कोखबाट जन्मनुभका विकलको वास्तविक नाम रामेश्वरप्रसाद चालिसे हो । उहाँको निधन २०६५ पुस २ गते भएको थियो ।

विस्तृत जानकारीका लागि हेर्नुहोस् विकल प्रतिष्ठान र त्यहाँ रहेका उहाँका कलाकृति अनि सामग्रीहरुको यो स्थलगत भिडियो रिपोर्ट-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.