राजनीति

प्रचण्डको अनुरोध- नारायणकाजीलाई अनावश्यक रुपमा जोडेर प्रचार नगरौं

केही दिनयता नेकपाका प्रवक्ता तथा दिवंगत पूर्व सांसद कमानसिं लामाको विषयमा व्यापक प्रचार भएपछि नेकपा अध्यप प्रचण्डले आइतबार बसेको स्थायी कमिटी बैठकमा नारायणकाजीकाा विषयमा अनावश्यक प्रचार भएको बताउनुभएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गर्दै कमानसिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको दावी गर्नुभएको हो ।

पछिल्लो समय पार्टी विवादकाबीच एक पक्षले अर्को पक्षका नेताको कसरी आलोचना गर्ने भन्ने विषय खोजी गर्ने र त्यसलाई अतिरञ्जित ढंगले प्रचार गर्ने काम भैरहेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र प्रचण्डको संयुक्त अधयक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.