विश्व समाचार

बेलायतमा ओमिक्रोन आपतकाल घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गर्नुभएको छ ।आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ । ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्‍याइएको केही घण्टापछि नै जोनसनले ओमिक्रोन आपतकाल घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री जोनसनले यसै हप्तादेखि १८ माथिका सबै व्यक्तिलाई बुस्टर डोज खोप लगाइने जानकारी गराउँदै कोभिड खोपको २ डोजले आवश्यकता अनुसारको सुरक्षा प्रदान नगर्ने भएका बुस्टर डोज लगाउनु पर्ने बताउनुभयो ।

त्यस्तै ओमिक्रोन फैलिन नदिनका लागि सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन गरिने र बेलायतभर थप खोप केन्द्र र घुम्ती सेवा स्थापना गरिने पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.