क्रिकेटखेल

उपाधि जित्न लुम्बिनीले पायो सुदूरपश्चिमबाट ८६ रनको लक्ष्य, रोहित पौडेलको ह्याट्रिक

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स सामू जितको लागि ८६ रनको लक्ष्त्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा ८५ रनमा समेटियो । सुदूरपश्चिमको लागि इशान पाण्डेले ३३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरील १३ रन जोडे ।

त्यस्तै हरमित सिंह र स्कट कुगेलिइन समान १०-१० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए भने शेर मल्ल र , रूबेन ट्रम्पलम्यानले पनि समान तीन-तीन विकेट लिँदा तिलक भण्डारीको भागमा एक विकेट रह्यो ।

पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् ।

यो संस्करणको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर सिधैं फाइनल पुगेको हो । सुदूरपश्चिमको एनपिएलको फाइनमा दोस्रो पटक पुगेको हो । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनी लायन्स भने पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको प्लेइङ ११ मा कप्तान दीपेन्द्रसिंह ऐरीसहित आरिफ शेख, अभिनाश बोहरा, इशान पाण्डे, दीपक बोहरा, विनोद भण्डारी, हेमन्त धाँमी, हरमित सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र पुनित मेहरा छन् ।

त्यसैगरी, लुम्बिनी लायन्सको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोविन शुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेट किपर) र डार्सी शर्ट छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.