जन सरोकार

काँकडभिट्टा नाका खुलाउन दबाब दिँदै हस्ताक्षर सङ्कलन

पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् । होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर सङ्कलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् ।

सङ्घीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष राम तामाङले बताउनुभयो ।

नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, सङ्घसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् । देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.