जापान

आदिवासी जनजाति महासंघ किना कान्तोको अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ किना कान्तोको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले सोनाम शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्विरोध रुपमा चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिवराज राई, उपाध्यक्षमाा काजी लामा, सचिवमा निम्छिरिङ शेर्पा, सहसचिव फूर्वा दोर्जी शेर्पा, कोषाधयक्ष राम लामा, सहकोषाधयक्षमा उमेश राई चयन हुनुभएको छ ।

त्यसै गरी सदस्यहरुमा नरेन्द्र चौधरी, आङ डण्डी शेर्पा, आङ छिरिङ शेर्पा, मिन रानामगर, राम खालिङ राई, अरुण बुढामगर, शुक घले र तेन्जिङ लामा रहनुभएको छ ।

अध्यक्ष मण्डलका संयोजक डेनी शेर्पा, कोषाध्यक्ष सुमन चोङवाङ, सहसचिव शिवराज राई र सल्लाहकार लालप्रसाद गुरुङको उपस्थितिमा अधिवेशन तथा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.