अर्थ

यसपटक उखु किसान आश्वासनमा नफस्ने- माइतीघरमै आफ्नो पैसा लिने अडान

अघिल्लो वर्ष पुसमा चिनी मिलहरुबाट एक महिनाभित्र भुक्तानी दिलाइदिने आश्वासन पछि आन्दोलन स्थगित गरेर घर फर्केका उखु किसानहरु यस वर्ष पनि आदोलनमै उत्रनु परेको छ । आइतबारदेखि पर्साका उखु किसान काठमाडौंको माइतीघरमा आन्दोलित छन् ।

किसानहरु आदोलनमा उत्रिएपछि वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गर्दै उधारोमा वार्ता नगर्ने हाम्रो बक्यौता बोकेर मन्त्री नै माइतीघर आउन जवाफ दिएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायका अनुसा वार्तामार्फत नै समस्या समाधान गर्न सकिने भन्दै सोमबार मन्त्रालयबाट फोन आएको थियो । मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले रायलाई फोन गरी २ बजे मन्त्रालयमा वार्तामा बोलाएका थिए ।

तर यसपटक वार्तामा नभल्झिने भन्दै रायले विगतमा पनि मन्त्रालयसँग वार्ता गर्दा किसानहरुलाई झुलाउने काम मात्रै भएको बताउनुभयो । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।

आन्दोलनमा सर्मथन जनाउन लोकगायक बद्री पंगेनी र अधिवक्ता ओमप्रकाश अर्याल माइतीघर पुगेका छन् । उनीहरु पनि उखु किसानसँगै धर्नामा बसेका छन् । उखु कसान संघर्ष समितिले बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.