राजनीति

संवैधानिक परिषद्को बैठक बोलाउनु पार्टी विवाद चर्काउनु हो र ?

प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त रहेका संवैधानिक परिषदका प्रमुख तथा पदाधिकारीहरुको नियुक्तिका लागि मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएपछि पार्टीका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार ९ बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आफू निकट नेताहरुसंग प्रधानमन्त्री ओलीले पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषदको बैठक बोलाएर विवाद अरु चर्काएको बताउनुभएको छ । संवैधानिक परिषदको बैठक बोलाएपछि पार्टीमा देखिएको संकटलाई थप बढाउने निश्चित छ । ओलीकै उहाँकै आग्रहमा कहिले १० दिन, कहिले ३ दिन बैठक सारिएको छ ।

ती नेताका अनुसार अलिकति छलफल र सहमतिको वातावरण बनोस भनेर लागिरहेको बेलामा उहाँले त्यो पहलकदमीलाई लात्ती हानिरहनुभएको छ भनेर प्रचण्डले भन्नुभएको छ ।

प्रचण्डले हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको आरोप लगाउँदै पार्टीको बैठकलाई छलेर संवैधानिक परिषदतिर लागिएको छ । यसले नेकपामा थप अन्तरविरोध चर्किने निश्चित छ ।

प्रचण्ड निकट अर्का एक नेताका अनुसारा बिपक्षी दलले मागे अनुसार नै संवैधानिक परिषदमा भाग दिन लागिएको छ । पार्टीको छलफललाई बेवास्ता गरिएको छ । ओलीबाटै फुटको वातावरण सिर्जना भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.