राजनीति

सोमबारको प्रदर्शनपछि पार्टीलाई नवीन ऊर्जा मिल्यो : सभापति देउवा

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार देशव्यापीरूपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाउनुभएको छ । सोमबार साँझ विज्ञप्ति जारी गरी उहाँले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गर्नुभएको छ ।

सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रदर्शनमा योगदान पुर्याउने सबैलाई बधाई र उनीहरूप्रति सम्मान पनि व्यक्त गर्नुभएको छ । सरकार गठन भएको तीन वर्षपछि नेपाली कांग्रेसले पहिलोपटक आफ्ना कार्यकर्तालाई सडकमा उतारेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.