कला/मनोरन्जनकलिउड

गायक सुदन राईले सार्वजनिक गरे नयाँ गीत तिमी बिना, चुलियो चर्चा (गीत सहित)

जापानलाई आफ्नो कर्मथलो बनाऊँदै आएका युवा गायक सुदन राईले नयाँ गीत सार्वजनिक गरेका छन । गीत सार्वजानिक भएसंगै उनको चर्चा ह्वात्तै चुलिएको छ । यो गीत हरेक युवायुवतीले गुन्गुनाउन थालेका छन् ।

तिमीबिना बोलको गीतको म्यूजिक भिडीयोलाई मेरो अनलाईन टिभी नामक युट्युब च्यानलबाट पनि डिसेम्बर १२ तारिक शनिबार नै सार्वजनिक गरिएको हो । जापानमा नै छाँयाकन गरिएका कारण भिडियो अरु बढी चर्चामा पुगेको हो ।

गीतमा सुदनलाई साथ दिएकी छिन गायीका रोकेमी राईले । डिसेम्बर १२ तारिक शनिवार जापानको टोकियोमा एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

लिखु सहयात्रीद्धारा लेखिएको गीतलाई संगीत र एरेन्ज देबेस राईले गरेका छन् । त्यस्तै गीतको म्यूजिक भिडियोलाई ओमप्रकाश गुरुङले निर्देशन र छायाङ्कन गरेका छन् ।

प्रवीन हिराचनले सम्पादन गरेको भिडियोकी मेकअप आर्टिस्ट भने सयिका राई हुन् । सरोज लीको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोमा ‘मक्की’ नाम गरेका एक जापानी कलाकारसहित सपना तामाङ, सयीका राई, जेसी माम्बा, एलेक्स कँडेललगायतले नृत्य अभिनय गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.