राजनीति

उखु किसानको भुक्तानी : दोहोरियो पुरानै कुरा- चिनी उद्योगीलाई पक्राउ गर्ने

आफूहरुको पसिनाको पैसा चिनी मिलहरुले लामो समयसम्म नदिएपछि काठमाडौंमा आन्दोलन गरिरहेका उखु किसानहरुको माग सम्बोधन गर्न सरकारले तत्काल भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

उखु किसानहरु सरकारले बोलाएको वार्तामा अनुपस्थित हुने जनाएपछि मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीबीच भएको बैठकले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरे पनि किसानहरुले भुक्तानी पाएका थिएनन् । अघिल्लो वर्ष पनि उखु किसानहरु यसै गरी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला एक महिनाभित्र भुक्तानी दिने सहमति भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.