जन सरोकार

एक किलो ३११ ग्राम पहेँलो धातुसहित पाँच बङ्गलादेशी पक्राउ

नेपालमा विदेशबाट सुन तस्करी हुने मात्र हैन नेपालबाट विदेशमा पनि तस्करी हुने गरेको खुासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ बङ्गलादेश लैजान लागेको एक किलो ३११ ग्राम पहेँलो धातु, सहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।

चेनरोल, औँठी र चुरासहित पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम पहँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ हुँदै मङ्गलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button