प्रेमगीत ३ को हिन्दी भाषाको गीत रेकर्डिङ्गको काम सम्पन्न
कोरोना भाइरस संक्रमणले नेपाली चलचित्रलाई भारतीय बजारमा विस्तार गर्ने अवसरका रुपमा लियो आसुसेन फिल्मस्ले र उसले आफ्ना बहुचर्चित नेपाली चलचित्र प्रेमगीत ३ लाई हिन्दी संस्करणमा पनि तयार गरी नेपालमा फागुन १३ गतेबाट प्रदर्शनको मिति समेत तोकिएको छ ।

यतिबेला चलचित्रको टोली भारतमा छ र पछिल्ला समय चलपचत्रको हिन्दीको सबै गीतको काम सकिएको चलचित्रका एक प्रस्तोता चक्रबहादर चन्दले जानकारी दिनुभएको छ । चलचित्रलाई नेपाली र हिन्दी भाषामा विश्वभर प्रदर्शन गरिन तयारी भैरहेको छ र यसका लागि प्रेमगीत ३ को हिन्दी संस्करण पार्श्वगायक गायिकामा बलिउडका चर्चित गायक, संगीतकार तथा गीतकार आवद्ध भएका छन् ।
चलचित्रमा राहत फतेह अली खानले ये सनम तुही तु… बोलको गीतमा आवाज दिएका छन् भने अर्को गीत तुम प्यार हो… मार्फत अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् ।त्यस्तै अर्को डान्सिड नम्बर गीत मुझ्मे बस् जना.. देव नेगी र पलक मुछालले स्वर भरेका छन् ।
चलचित्रको हिन्दी संस्कारका गीतहरु चर्चित गीतकार कुमार र एम तुराजको लेखन रहेको छ भने अस्लाम केयीले संगीत भरेका छन् ।
दर्शक माझ निकै प्रतिक्षा रहेको चलचित्र प्रेमगीत ३ ले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ ऊँचाईमा पुर्याउने बिश्वास लिइएको छ । हाल चलचित्रको हिन्दीमा डबिङ्गसंगै सम्पादनको सम्पूर्ण काम सकाएर फिल्मको ट्रेलर रिलिज र बजार व्यवस्थापनका लागि निर्माता, निर्देशक संतोष सेन, अभिनेता प्रदीप खड़का र कार्यकारी निर्माता चक्रबहादुर चन्दको टीम मुम्बईमा रहेको छ ।
चलचित्रलाई हिन्दी भाषामा रिलिज गर्ने प्रक्रियाको लागी टीम मुम्बईमा बसेर आफ्नो काममा तिब्रता दिइरहेको छ । प्रेमगीत ३ चलचित्रलाई वलिउडका चर्चित सम्पादक सञ्जय शाक्लाले सम्पादन गरेका हुन् ।
सूर्यावंशी, तड़प, भुज, अंतिम जस्ता दर्जनौं बलीउडका ब्लकबस्टर फिल्ममा ब्याकग्राउन्ड स्कोर दिएका अमर मौलीले ब्याकग्राउन्ड स्कोर भरेका छन भने फिल्मको ट्रेलर बन्टीनेगीले काटेका हुन् ।
स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतकोअभिनय रहेको छ ।
चलचित्रको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान, सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन ।
चलचित्रको नेपाली भाषामा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुनु ।
प्रतिक्रिया राख्नुहोस्