राजनीति

ओली प्रचण्डको छलफल सकियो : अब स्थायी कमिटी बैठक

पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

उहाँहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिनुभयो ।

स्थायी कमिटी सदस्य गणेश शाहले बैठक कक्षमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित हुनुभएको र प्रधानमन्त्री उपस्थित भइनसक्नुभएको जानकारी दिनुभयो । अपराह्न १ बजेका लागि तोकिएको बैठक १ः३० बजेसम्म शुरु भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.