अर्थ

नेपाल अमेरिका व्यापार तथा लगानी सम्बन्धी सम्झौता परिषद्को छलफल सम्पन्न

नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता परिषद्को पाँचौं वार्षिक छलफल सम्पन्न भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले बुधबार एक विज्ञप्ति जारी गरी छलफल सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली र अमेरिकी दुवै प्रतिनिधि मण्डललाई बधाई दिएको छ ।

सो छलफलमा नेपालका तर्फबाट वाणिज्य सचिव बैकुण्ठ अर्यालले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधि मण्डल र अमेरिकाका लागि राजदूत जोन बेरी लगायत नेपालस्थित अमेरिकी मिशनका उच्च अधिकारीहरू अमेरिकी सहायक व्यापार प्रतिनिधि क्रिश्टोफर विल्सन लगायतको सहभागिता थियो । छलफलमा व्यापार र लगानीसम्बन्धी विभिन्न अमेरिकी संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।

सो क्रममा प्रतिलिपी अधिकार, भन्सार तथा व्यापार, श्रम सम्बन्धी बिषयहरू, विश्व व्यापार संगठनका सूचनाहरू, तथा नेपालको अन्तरराष्ट्रिय व्यापार तथा लगानी प्रतिस्पर्धा क्षमताको बिकास लगायत बिषयमा छलफल भएका थिए ।

विज्ञप्तिमा नेपालस्थित अमेरिकी मिशन दुई देशबीच व्यापार तथा लगानीका अवसरको बिकासमा सघाउन सदैव तत्पर रहेकोा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.