खेलफूटबल

श्रीलंकाको पोष्टमा नेपाली चेलीको छ गोल

साफ यू–१९ (उन्नाइस वर्षमुनि) महिला फुटबल च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ ।

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे ।

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ ।

विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का रहेका छन् ।

उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ । खेल आगामी पुस २ गते हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.