विश्व समाचार

फिलिपिन्समा सुपर टाइफुन : हजारौंले घरबार छडे

फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका छन् ।

आँधी आएको यस अवस्थामा १८५ किलोमिटर (११५) प्रति घण्टाको अधिकतम निरन्तर हावा चलेको थियो । हावाको गति १९५ किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने चेतावनी दिइएको छ । हावाको यस गतिमा आएमा यसवर्षको सब भन्दा शक्तिशाली आँधी हुने एजेन्सीले जनाकारी दिएको छ ।

प्रशान्त महासागरमा आएको यस आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले आफ्नो आश्रयस्थल खोजी गरेको राष्ट्रिय प्रकोप एजेन्सीले जनाइएको छ ।

शनिबारसम्म साउथ चाइना सागर माथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, र मिन्डानाओ र पलावान टापुहरू पार गर्दा थोरै कमजोर हुने अपेक्षा गरिएको छ ।

प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.