विश्व समाचार

ओमिक्रोन अभूतपूर्व रूपमा फैलँदै : सचेत रहन डब्लूएचओको आग्रह

दक्षिण अफ्रिकामा पहिलापटक देखापरेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन अहिले विश्वका ७७ मुलुकमा फैलिसकेको बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सतर्क रहन आव्हान गरेको छ ।

विश्व स्वास्थ्य संगठन

डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले हालसम्म ७७ देशमा संक्रमण पुष्टि भइसकेको र ओमिक्रोनलाई कम आँकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी अवस्थामा राख्न विश्वका देशहरूलाई आग्रह गर्र्नुभएको छ । बुधबार पत्रकारहरूसँग कुरा गर्दै गेहब्रेयससले ओमिक्रोनको फैलावट दर अप्रत्याशित रूपमा भइरहेको पनि जनाउनुभयो ।

उहाँले भन्नुभयो ‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास संख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.