राजनीति

डा. रिजालद्वारा प्रधानमन्त्री समक्ष राजीनामा पेश

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ । डा. रिजाल असोज २२ गते रक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका डा. रिजालले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गर्नुभएको थियो ।

डा. रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको हो

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button