कर्पोरेट/पर्यटन

फ्रान्सले नेपाल एयरलाइन्सका एयरबसलाई प्राविधिक सहयोग गर्ने

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

फ्रान्स सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एयरबस जहाजको उडानका लागि प्राविधिक सहयोग गर्न चासो देखाएको छ । नेपालका लागि फ्रान्सका राजदूत जेइरर लिगर र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलबीच भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत लिगरले निगमसँग रहेको एयरबसको सुव्यवस्थित उडानका लागि आवश्यक प्राविधिक सहयोग आदनप्रदान गर्ने सम्बन्धमा कुराकानी भएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको केन्द्रीय कार्यालयमा गत मङ्सिर २९ गते भएको उक्त भेटमा दुई देशबीचको नागरिक उड्डयन क्षेत्रमा परस्परको सहयोग र समन्वयमा जोड दिनुका साथै प्राविधिक सहयोगका विषयमा कुराकानी भएको थियो ।

निगमसँग हाल अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाज छन् । यी चारवटै जहाज निगमले फ्रान्सको एयरबस कम्पनीबाट खरिद गरेको हो । निगमले विसं २०७१ मा दुई थान न्यारोबडी र २०७५ मा २८० सिट क्षमताका दुई थान न्यारोबडी जहाज काठमाडौँ भित्र्याइएको थियो । निगमले हाल भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । युरोपका अन्य देशसहित फ्रान्सको टुलुसमा एयरबसको उत्पादन गर्ने कारखाना रहेको छ ।

निगमको अन्तरराष्ट्रिय गन्तव्यका आधार वाइडबडी जहाज फ्रान्सको एयरबस कम्पनीबाटै खरिद गरिएको हुनाले उक्त जहाजको उडानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्राविधिक सहयोग उपलब्ध गराउने राजदूतको प्रतिबद्धता थियो । फ्रान्सका राजदूतले निगमको कार्यालयमा पुगेर गरेको छलफल आफँैमा निगमको प्रगति विषय भएको र यो निगमका लागि गौरवको विषय पनि भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताउनुभयो ।

निगमलाई थप दुई ग्राउण्डह्याण्डलिङ्गको अनुमति

नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को गत मङ्सिर १७ को निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले जनाएको छ । निगमले हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

त्यसैगरी निगमले ट्विनअटर विमानबाट मङ्सिर ३० मा सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका वडा नं २ स्थित काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सेवाग्राहीको अपेक्षा र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न गुणस्तरीय सेवासहितको व्यावसायिक सुनिश्चितता एवं प्रवद्र्धनका लागि १० वर्षे व्यावसायिक कार्ययोजना तयार पारेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिनुभयो ।

निगमले उक्त व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष मङ्सिर २९ गते बुझाएको थियो । निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरे तथा महाप्रबन्धक डिम प्रकाश पौडेलको नेतृत्वमा बुझाइएको सो व्यावसायिक योजना ग्रहण गर्दै मन्त्री भट्टराईले निगमको एउटा रोडम्याप तयार भएको र सरकारले यो योजनालाई सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.