राजनीति

एकपटक राष्ट्रपतिलाई भेटेर अध्यादेश फिर्ता लिउँला : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति जनाए पनि बिहिबार संवैधानिक परिषदको बैठक डाकेपछि आक्रोशित कार्यकारी अध्यक्ष प्रचण्डलाई एकपटक राष्ट्रपतिलाई भेटेर मात्रै अध्यादेश फिर्ता लिने जवाफ दिनुभएको छ ।

बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभए पनि बिहीबार साँझ संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले बिहिबार डाकिएको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेपछि जवाफमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई एकचोटि राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिने जवाफ दिनुभएको हो ।

अध्यक्ष प्रचण्डको आपत्तिपछि संवैधानिक परिषदको बैठक स्थगन गरिएको छ भने मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्रीले अहिलेसम्म अध्यादेश फिर्ता लिन आनाकानी गरिररहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुको आशंका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.