राजनीति

अब विद्यालय तथा कलेजमै कोरोना विरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको छ ।

चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उहाँले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको हो ।

मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो । कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.