राजनीति

पेरिस डाँडामा प्रचण्ड नेपाल पक्षधरहरुको भेला, ओली बिरुद्ध कठोर कदम चाल्ने तयारी

प्रधानमन्त्री तथा सत्ताकरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली पार्टी र मुलुकको हित विपरीत रहेको भन्दै दुबै पदबाट हटाउन कम्मर कसेर लागिपरेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पेरिस डाँडामा प्रदेश १ को आफू पक्षका नेताहरुको भेला आयोजना गर्नुभएको छ ।

भेलामा प्रचण्ड र नेपाल पक्षले प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाइएको छ भने प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत बोलाइएको छ ।

शुक्रबार अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने निर्णय भएको तर सहमतिअनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता नगरेकाले कठोर कदम चाल्ने भेलामा सहभागी भएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.