कर्पोरेट/पर्यटन

जनकपुर जाने जहाज चढेका यात्रु पोखरा पुगेपछि…

पोखरा विमानस्थलको नाफा बर्सेनि बढ्दै

कुनै यान्त्रिक खराबी या मौसमको गडबडी बाहेककुनै उक गन्तव्यका लागि उडेको विमान अर्को स्थानमा पुग्दैन । तर शुक्रबार काठमाडौंबाट जनकपुर जानुपर्ने जहाज पोखरा पुगेको छ । यसो हुनुको कारण विमानस्थलका कर्मचारीको लापरवाही हो ।

बुद्ध एयरको ६०७ नम्बरको उडान पोखराका लागि नै तय गरिएको थियो । तर विमानस्थल ग्राउन्ड ह्यान्डलिङका कर्मचारीको लापरबाहीका कारण जनकपुर पुग्नुपर्ने यात्र पोखरा पुगेका थिए ।

जनकपुर पठाउनुपर्ने यात्रुहरुलाई उनीहरुले पोखराको जहाजमा चढाएका थिए । अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए । यद्यपि यसबारे यात्रु, पाइलट तथा परिचारिकाहरुले कुनै थाहा पाएनन् ।

बुद्ध एयरका एक कर्मचारीका अनुसार जनकपुर र पोखराको एकै समय परेको उडानमा यस्तो घटना भएको हो । अपराह्न चार बजे पोखरा विमानस्थलमा अवतरण भएको जहाजका सबै यात्रुहरु जनकपुरका लागि रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनकपुर जान भनेर हिँडेका यात्रु पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे जानकारी पाएका थिए । उक्त जहाज नै पछि काठमाडौँ हुँदै जनकपुर पठाइएको बुद्ध एयरले जनाएको छ।

उहाँले विमानस्थल ग्राउन्ड ह्यान्डलिङकै कर्मचारीको कमजोरीका कारण यस्तो हुन पुगेको बताउँदै यो विषयमा थप अध्ययन हुनेसमेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.