राजनीति

खुमलटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको भेटवार्ता


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानउन्मुख हुनुको साटो विभाजनको रेखा अरु लम्बिएपछि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटघाट बाक्लिएको छ ।
पार्टीलाई संकटबाट पार लगाउन दुई नेताबीच निरन्तर छलफल चलिरहेको छ भने प्रधानमन्त्री ओलीबिरुद्धको गुटगत भेलाहरु पनि सक्रिय भैरहेका बेला शनिबार प्रधानमन्त्री ओली नै प्रचण्ड निवास पुग्नुभएको छ ।
पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उहाँ प्रचण्ड निवास पुग्नुभएको हो ।प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका उहाँहरुबीच अहिले एक्लाएक्लै छलफल भएको छ ।
दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.