खेल

पारस खड्का टी १० लिगमा टीम अबुधावीको मेन्टर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल क्रिकेटरका रुपमा विश्व चर्चित रहेका पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ जिम्मेवारी पाएका छन् ।

पारसलाई संयुक्त अरब इमिरेटस (युएई)को टी १० क्रिकेट प्रतियोगिताको सहभागी टीम अबुधावीले मेन्टरको जिम्मेवारी दिएको छ । टीम अबुधावीको आधिकारिक फेसबुकमार्फत पारसलाई नेपालको वरिष्ठ क्रिकेटर पारसले टी १० प्रतियोगिताको यो सिजनमा मेन्टरको भूमिका निर्वाह गर्ने जानकारी दिएको हो ।

त्यस्तै पारसले यसबारे जानकारी दिंदै आफू अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ भूमिका निर्वाह गर्न लागिरहेको र यसले नेपाली क्रिकेटको विकासमा सघाउ पुग्ने विश्वास लिएका छन् ।

गत वर्षको सिजनमा पारस सो टीमका महत्वपूर्ण सदस्यका रुपमा मैदानमा उत्रिएका थिए । यसपटक क्लबले उनलाई नयाँ प्रतिभाका लागि मेन्टरको भूमिकामा मनोनित गरेको छ । यस वर्षको टी १० लिग २०२१ जनवरीका अन्तिम साताबाट सुरु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.