साहित्य

रमेश विकलको १३ औं स्मृतिसभामा आधा दर्जन स्रष्टा पुरस्कृत

नेपाली भाषा साहित्यको आख्यान विधाका विलक्षण स्रष्टा तथा बहुआयामिक प्रतिभाका धनी स्व. रमेश विकलको १३ औं स्मृति दिवस, रमेश विकल साहित्य प्रतिष्ठानको साधारण सभा विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिवार वितरण गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले पुस ४ गते शनिवार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरुलाई पुरस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । यसै गरी २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गरिएको छ भने रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ ।

त्यस्तै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई र रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैया रहेको छ ।

सोही समारोहमा प्रतिष्ठान परिसरमा स्थापित रमेश विकलको पूर्णकदको शालिक बनाउने मूर्तिकार लक्ष्मण भुजेललाई सम्मानित गरिएको थियो । समारोहमा वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गर्नु भएको हो ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा, पुरस्कृत स्रष्टाद्धय शान्तदास मानन्धर, हरिप्रसाद शर्मा, ललितकला प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष केके कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेल लगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधि बारे चर्चा गर्नु भएको थियो ।

कोरोना महामारीका कारण अत्यावश्यक मात्र भौतिक उपस्थिति रहेको साधारणसभा तथा स्रस्टा सम्मान समारोहमा प्रतिष्ठानका सचिव वसन्त जिालले वार्षिक प्रगति विवरण तथा कोषाध्यक्ष शाम्भ चालिसेले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.